Incident Reports

सर्लाहीको बलरा नगरपालिकामा कार्यकर्ताबीच झडप

2022-05-11

Madhes, Sarlahi, Balara, Ward 4

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मौन अवधि सुरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएका छन् । जिल्लाको क्षेत्र नम्बर ४ मा झडप बढी भएका छन् । जिल्लाका राजमार्ग आसपासका क्षेत्र समान्य रहेपनि दक्षिणी क्षेत्रका अधिकांश स्थानमा अबेर रातिसम्म दुई दलका कार्यकर्ताबीच समान्य विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदानका लागि अतिसंवेदनशील मानिएको बलरा नगरपालिकामा बुधबार अबेर राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परेर बलरा–४ का कांग्रसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाइते भएका छन् भने एमाले कार्यकर्ताहरु राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव सहनी घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएका एमाले कार्यकर्ताको सदरमुकाम मलंगवामा उपचार चलिरहेको छ । कांग्रेसका उम्मेदवारहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फिरेका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments