Incident Reports

सर्लाहीको धनकौलमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

2022-05-11

Madhes, Sarlahi, Dhankaul

सर्लाही — शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मौन अवधि सुरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएका छन् । जिल्लाको क्षेत्र नम्बर ४ मा झडप बढी भएका छन् । जिल्लाका राजमार्ग आसपासका क्षेत्र समान्य रहेपनि दक्षिणी क्षेत्रका अधिकांश स्थानमा अबेर रातिसम्म दुई दलका कार्यकर्ताबीच समान्य विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनकौलमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार अवेर राति झडप भएको छ । त्यहाँ दुवै पक्षबाट आधा दर्जन कार्यकर्ता समान्य घाइते भएका छन् । प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जिल्लाको अन्य क्षेत्रको तुलनामा क्षेत्र–४ मा बढी झडपका घटना भएको जानकारी दिए । प्रहरीले बल प्रयोग गर्नु पर्ने अवस्था कतैपनि नभएको उनले जानकारी दिए । उनले सुरक्षाकर्मी बुथमा परिचालन हुँदा सिमित प्रहरी गस्तीमा परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइरहेको बताए ।

एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलका कार्यकर्तालाई पैसा बाँड्न आयो भनेर एक आपसमा भिडिरहेका छन् । मौन अवधिमा रातभर राजनीतिक दलका नेता तथा कार्यकर्ताले गाउँ टोलमा पस्ने होडबाजीले एक अर्को पक्षलाई शंका उपशंका हुँदै वादविवाद र झडपका घटनाहरु भइरहेका छन् । विभिन्न ठाउँमा एकै साथ पैसा बाँडेको सूचना पाएर दौडेका सुरक्षाकर्मीहरु समेत रणभुल्लमा पर्ने गरेका छन् । सरक्षाकर्मीहरुले भने पैसा बाँडेको आधार भेट्न नसकेको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments