Incident Reports

No translation available.

2014-08-21

Province 1, Okhaldhunga, Sunkoshi

Shiva Prasad Dhungana कटुञ्जे गाविस-३ का ६४ वर्षीय हिरालाल धमलालाई कथित बोक्साको आरोपमा कुटपिट गर्ने सोही ठाउँका ५४ वर्षीय दुर्गाबहादुर विकलाई जिल्ला अदालतले ०७१ भदौ ५ गते २० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि न्यायाधीशको अनुपस्थितिमा अदालतले साउन १४ गते गरेको साधारण तारेखमा रिहा गर्ने निर्णयमथि पुनर्विचार गर्दै न्यायाधीश सुभाषबाबु पुरीले धरौटी लिएर तारेखमा छोड्न आदेश दिएका हुन् । आरोपितले धमलामाथि बोक्साको आरोप लगाइ ०७१ असार ३२ गते कुटपिट गरेका थिए । प्रहरीले पीडितको जाहेरीका आधारमा मुलूकी ऐन, अदलको महल १० को 'ख' अनुसार ०७१ साउन ५ गते मुद्दा दर्ता गरेको थियो । आरोपित विकले भैँसी विरामी भएको भनी पीडित धमलालाई झारफुक गर्न लगाएको केही दिनपछि बोक्सो लागेर भैसीँ झन् विरामी बनाएको भन्दै घरैमा बोलाएर ०७१ असार ३२ गते कुटपिट गरेको पीडितले बताए । पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा उजुरी गरेपछि आरोपित विकलाई साउन ३ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको माग दावी अनुसार मुलूकी ऐन, अदलको महल १० को 'ख' मा बोक्सा बोक्सीको आरोप लगाए, गाली बेइज्जती गरे वा सामाजिक बहिस्कार गरेमा ३ महिनादेखि तीन वर्षकैद, पाँच हजारदेखि २५ हजार रुपियाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis