Incident Reports

चौरजहारीमा माओवादीका उम्मेदवार कुटिए

2022-05-11

Karnali, Rukum West, Chaurjahari, Ward 10

२९ वैशाख रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् ।

कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् ।

अरु वडाका मान्छेहरु समेत बोलाएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले आफूहरुमाथि कुटपिट गरेको घाइते वडा सदस्य बुढाले बताए ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्ऽको तर्फका वडाध्यक्षका उम्मेदवार वीरेन्द्र रोकाय र सौगात रोकायलाई ४/५ घण्टा बन्धक बनाएका थिए । पछि नेपाल प्रहरी र सशस्त्रप्रहरीले उनीहरूलाई उद्दार गरेको थियो ।

प्रहरीले कांग्रेसको वडाध्यक्षका उम्मेदवार डाँगी र माओवादीको वडाध्यक्ष उम्मेदवारलाई चौरजहारी लिएर छाडेको छ ।

कांग्रेसले भने माओवादी कार्यकर्ताहरू ले पैसा बाँडेको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको छ ।

प्रहरी चौकी सर्केनाबाट खटिएको प्रहरी टोलीले कांग्रेस कार्यकर्ताले घरभित्रथुनेर राखेको अवस्थामा हतियारसहित माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको काग्रेसको दाबी छ ।

नेपाली कांग्रेसका डिल्ली केसी, लालबिर ओली र डायमन केसीसमेत घाइते भएको कांग्रेसले जिल्ला सभापति प्रेमप्रकास वलीले बताए ।

घटनामा घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments