Incident Reports

मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

2022-05-12

Karnali, Mugu, Soru, Ward 3

मुगुको सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा काँग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ । झडपबाट मानवीय क्षति भने भएको छैन । अहिले दुवै पक्ष छलफल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments