2022-05-13
Province 1, Okhaldhunga, Champadevi, Ward 9
ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् ।
चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।
सो क्रममा वडाध्यक्षका काँग्रेसको तर्फबाट उम्मेदवार रहेका सुजन पौडेल सामान्य घाइते भएको उनको भनाइ छ । मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाइ फायर गरेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Unclear |
Primary Cause | Election-related incident |
Secondary Cause | Contestation between Parties |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | UML and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation | Nepali Congress and affiliated org |
Actor 2 - Youth | na |
Total Injured | 1 |