Incident Reports

No translation available.

2014-08-22

Bagmati, Kathmandu, Kathmandu

Vivek Dhungana काठमाडौँ मनपा-५ हाँडीगाउँ का ३५ वर्षीय उमेशप्रसाद थपलियाविरूद्ध पत्नी ३५ वर्षीया विनिता थपलियाले आफूलाई कुटपिट गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ ६ गते उजुरी दिएकी छिन् । पति उमेशले भदौ ५ गते राति आफूलाई कुटपिट गरेको भन्दै घरेलु हिंसा ऐन ०६६ बमोजिम कारबाही गर्न पीडितले उजुरीमा माग राखेकी हुन् । पीडितको अनुसार पतिले एक हप्तादेखि अन्य केटीलाई लिएर हिँडेको र आफूलाई खानलाउन समेत नदिई बालबच्चाको पठनपाठन सहयोग गर्न छोडेका छन् । उजुरीसँगै सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले घटनाको अनुसन्धान गरी आरोपितलाई कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएकी छिन् । पीडित विनिताको उमेशप्रसादसँग ०४९ सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । हाल उनीहरूको एक छोरा र दुई छोरी छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis