Incident Reports

रुकुम पूर्वको पेल्मामा मतदान सुरु भएन, मतदानमा भाग नलिने कांग्रेसको अडान

2022-05-12

Lumbini, Rukum East, Putha Uttarganga, Ward 2

३० वैशाख, रुकुम (पूर्व) । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।

जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पेल्मामा २९ गते बिहीबार साँझ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता घाइते भएको भनेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने माग राखेको थियो । तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरहेको प्रजिअ खड्काले बताए । अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ । तर कांग्रेसले चुनावमा भाग नलिने अडान लिएको पत्रकार सर्जना कार्कीले जानकारी दिइन् ।

अहिले त्यहाँ रहेको सुुरक्षालगायतको समूहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाइ छ । ‘मतदान सुरु गर्ने गरी छलफल तथा सहजीकरणको काम भइरहेको छ,’ प्रजिअ खड्काले भने ।

फोनले पनि काम नगर्ने त्यस ठाउँको सूचना संकलन गर्न कठिन छ । त्यहाँ स्याटेलाइट फोनको भर पर्नुपर्ने बाध्यता छ ।

पेल्मामा सडक र सञ्चारको सुविधा छैन । त्यहाँ पैदल हिंडेर जान सदरमुकामबाट दुई दिन लाग्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments