Incident Reports

महिलालाई जिस्काउँदा थुनामा l

2014-08-25

Bagmati, Sindhupalchok, Melamchi

Bhojraj Timalsina धुलिखेल नपा-२ स्थित अरनिको राजमार्गमा हिँडिरहेकी एक महिलालाई जिस्काएको आरोपमा दुई जना युवाहरूलाई केही र्सार्वजनिक अपराध अर्न्तगत मुद्दामा प्रहरीले हिरासतमा लिएको छ । पीडित महिलाले गएको भदौं ६ गते दिउँसो आफू सडकमा हिँडिरहेको अवस्थामा मादकपदार्थ खाएका ती युवाहरूले अश्लील शब्द प्रयोग गरी जिस्काएको आरोप लगाएकी छिन् । प्रहरीले धुलिखेल नपा-२ का १९ वर्षीय गगन भनिने गङ्गाराम व्याञ्जु र सिन्धुपाल्चोक बासबारी गाविस-७ का २० वर्षीय श्रृजन श्रेष्ठलाई हिरासतमा लिएको हो । पीडित महिलाले आसय करणीको आरोप लगाए पनि उनीहरूलाई र्सार्वजनिक अपराध अर्न्तगत मुद्दा लगाइएको हो । पीडित महिलाको सबै विवरण प्रहरीले गोप्य राखेको छ । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis