Incident Reports

पर्सा छिपहरमाई गाउँपलिकाको वार्ड नम्बर २ एमाले र जनता समाजवादीका उम्मेदवारबीच हात हालाहाल

2022-05-13

Madhes, Parsa, Chhipaharmai, Ward 2

छिपहरमाई गाउँपलिका कै वार्ड नम्बर २ चेरगहाँ मतदानस्थलमा बिहान एक चरण बिवाद भएर शान्त भएको थियो। दिउँसो साढे १२ बजेदेखि त्यहाँ फेरी तनाव भएर झडपको अवस्था बनेको स्थानीयले जनाएका छन्। एमालेका उम्मेदवार गुप्ताले जनता समाजवादी पार्टी (जसपा)का समर्थकलाई हातपात गरेको आरोप जसपाका कार्यकर्ताले लगाएका छन्।

मतदान सुरु हुनु अगाडि रातिको अध्यारो मैं, बिहान साढे १ बजे जसपाका २ नम्बर वार्डका सदस्य उम्मेदवार धुरन्दर साह कानु र एमालेका उम्मेदवार गुप्ताबीच हात हालाहाल भएर कानुलाई चोटपटक लागेको र नाक फुटेको कुशवाहाले जानकारी दिए।

जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपुर्ण मतदान भइरहको बिहान प्रहरीले जनाएको थियो। दिउँसो जिल्लाको भारतसंग सिमा जोडिने, पश्चिम गाउँपालिका छिपहरमाईमा झडप भएपछि त्यहाँ प्रहरी सतर्कता बढाइएको छ। उक्त ठाउँलाई प्रहरीले संवेदनशिल क्षेत्रको सूचीमा राखेको थिएन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Janata Samajbadi Party
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments