Incident Reports

खाजा ल्याएको निहुँमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप, मतदान रोकियो

2022-05-13

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 3

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर,३ स्थित धुस्कुनमा खाजा ल्याएको निहुँमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको बाझाबाझले झडपको रूप लिएपछि मतदान रोकिएको छ ।

शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको स्थानीय धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विधालयको मतपेटिका बुथ क ,ख र ग तीनैमा भइरहेको शान्तिपूर्वक मतदान बिथोलिएको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मतदानस्थलमा मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरेका थिए ।

नेपाली कांग्रेसका त्रिपुरासुन्दरीका उम्मेदवारले भने सुरक्षाकर्मीले पक्षपातपूर्ण व्यवहार गरेकोले झडप भएको आरोप लगाउँदै आएका छन् । यही कुरालाई लिएर भएको चर्को विवादबीच वातावरण पूरै झडपमा परिणत भएपछि मतपेटिका कोठाभित्र राखेर बाहिर सुरक्षाकर्मीले धर्ना दिइरहेको डीएसपी बस्नेतले जनाए ।

‘पार्टी प्रतिनिधिको रोहबरमा मटपेटिका कोठाभित्र राखेर प्रहरीले सुरक्षा दिएको छ, दल एकाएक आक्रोशित बनेका छन्, आहिलेसम्म झडप शान्त हुन सकेको छैन, मतदान रोकिएको छ,’उनले भने । त्रिपुरासुन्दरीको धुस्कुनभर २९ सय मतदाता छन्, जसमध्ये एक हजार मात्रै मत खसेको छ ।

मतदान पुन सुरु गर्नका लागि राजनीतिक दल, मतदान अधिकृत, पर्यवेक्षकलगायातको टोलीबीच आवश्यक छलफल र बैठक सुरु गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments