Incident Reports

कुटपिटको आरोपमा पतिविरुद्ध प्रहरीमा उजुरी l

2014-08-25

Bagmati, Kathmandu, Tarakeshwor

Vivek Dhungana मनमैजु गाविस-१ की ३२ वर्षीया इच्छा तामाङ्गले पति ३७ वर्षीय रामबहादुर गुरूङविरुद्ध कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ ८ गते उजुरी दर्ता गराएकी छिन् । पतिले एक वर्षेखिनै मानसिक तथा शारिरीक रुपमा यातना दिने गरेको र चात्रिरिक लान्छना लगाई विभिन्न अपशब्द प्रयोग गरी भदौँ ७ गते कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त लैनचौरलाई भदौँ ८ गतेनै पत्रचार गरेपनि हालसम्म आरोपित सर्म्पर्क आउन सकेका छैनन् । पीडित इच्छाको रामबहादुरसँग ०५६ सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis