Incident Reports

सिन्धुपाल्चोकको बाह्रबिसे स्थित क्षमादेवी मावि मतदान केन्द्रमा झडप: पुनः मतदानका लागि पहल जारी

2022-05-13

Bagmati, Sindhupalchok, Barhabise, Ward 3

बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र कांगे्रसका चारजना कार्यकर्ता घाइते भएका छन् ।

उक्त झडपलाई नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले हवाई फयारिङ गर्नु परेको जानकारी दिनुभयो । झडपपछि मतदान रोकिएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा सबै दल मतदान सुचारु गर्न सहमतीमा पुगेको इन्स्पेक्टर न्यौपानेले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments