Incident Reports

बलात्कार प्रयासका आरोपित धरौटीमा रिहा l

2014-08-24

Bagmati, Sindhupalchok, Indrawati

Nati Babu Dhital बलात्कार प्रयासको आरोपमा गिरफ्तार कुन्चोक गाविस-६ का ५३ वर्षीय तोकबहादुर तामाङलाई जिल्ला अदालतले भदौ ८ गते ३० हजार रूपियाँ धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायधिश अजयराज उपाध्यायको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो । आरोपितले २७ वर्षीया एक महिलालाई साउन १७ गते घरमा बसिरहेको बेला बलात्कार प्रयास गरेको थियो । पीडितले साउन १८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेकी थिइन् । पीडित महिलाको उजुरी परेकै दिन नवरपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितलाई प्रहरीले साउन १९ गते चौतारा बजारबाट गिरफ्तार गरेको थियो । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis