Incident Reports

प्रहरीको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु प्रहरी जवानसहित दुई घाइते

2022-05-13

Province 1, Udayapur, Katari, Ward 2

मतदान केन्द्र सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोली लागेर कटारी नगरपालिका–१० सोरुङ्गछबिसेमा शुक्रबार एक युवकको मृत्यु भएको छ । एक बालक र प्रहरी जवान घाइते भएका छन् ।


प्रहरीले चलाएको गोली छातीमा लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका अर्का १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका छन । उनी घरमा बसिरहेका थिए । त्यसैगरी सर्वसाधारणसँगको झडपमा टाउकोमा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । कालिका मावि मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि गोली चलेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।


मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । चन्द समूहका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् ।


उनले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताए । प्रजिअ यादवले मतदान प्रक्रिया ५ बजेर २० मिनेटमा सकेपछि दलका कार्यकर्ताबीच विवाद उत्पन्न भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए ।उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दैगर्दा अकस्मात बाहिरबाट ढुगांमुढा हुन थालेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।’ सिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले हवाई फायर गरेको हो,’ उनले भने ।


कालिका मावि सोरूङ छबिसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए । त्यसैगरी प्रहरी निरीक्षकको कमान्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेना पनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले पहाडी भेग रहेकाले फोन सर्म्पक हुन नसकेको र विस्तृत विवरण आउन नसकेको बताए ।


प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ । कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन् ।


३० वैशाख, कटारी । उदयपुरको कटारी नगरपालिका- १० मा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुदा प्रहरीले हवाई फायर गरेको प्रदेश-१ प्रहरी प्रवक्ता नविन राईले बताए ।

प्रहरी उपरीक्षक राईले घटनाको अनुसन्धान भइरहेको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total Killed 1
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments