Incident Reports

No translation available.

2014-08-25

Province 1, Dhankuta, Dhankuta

Santosh Ruchal धनकुटा नपा-६ की ४५ वर्षीया टीकादेवी कार्कीलाई पति ५१ वर्षीय राजकुमार कार्कीले शारीरिक यातना दिएको भन्दै पीडितले भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले मादक पदार्थ सेवन गरी आफूलाई गालीगलौज र कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताइन् । पतिले दैनिकजसो यातना दिएपछि बाध्य भएर कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पनि उनको भनाइ छ । पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई तत्काल कार्यालयमा उपस्थित हुन आजै परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख अर्सइ सोमा तामाङले बताइन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis