Incident Reports

सिन्धुलीको घ्याङलेखमा झडप, दुई म्यादी प्रहरीसहित ५ जना घाइते

2022-05-13

Bagmati, Sindhuli, Ghanglekh, Ward 2

काठमाडौँ — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई म्यादी प्रहरीसहित ५ जना घाइते भएका छन् । घाइते १ म्यादी प्रहरीको गाउँपालिकास्तरीय अस्पताल हायुटारमा उपचार जारी छ । अन्यलाई लाठी र ढुंगा प्रहारबाट सामान्य चोटपटक लगेको छ  मतपेटिका मतगणनास्थल ल्याउँदा दलीय प्रतिनिधि उपस्थिति नगराएको भन्दै भनाभन सुरु भएपछि झडपको रुप लिएको निर्वाचन अधिकृत विमल थापाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको वडा नं २ मा रहेको निर्वाचन कार्यालयमा शुक्रबार राति करिब ९ बजे झडप भएको हो । दलीय प्रतिनिधिहरुले चित्त नबुझेको विषयमा जानकारी लिन खोज्दा मतदान अधिकृत सुदन थिङले अस्वीकार गरेको माओवादी केन्द्रका नेता डीबी तामाङले जानकारी दिए । उनका अनुसार मतदान अधिकृत थिङ अहिले सम्पर्कमा छैनन् । माओवादी कार्यकर्ताहरुले नाराबाजी गर्दै दलीय प्रतिनिधिको रोहबरबिनै मतपेटिका ल्याइएको विषय शंकास्पद भएको भन्दै छानबिनका लागि माग गरेका थिए । त्यसपछि कांग्रेस, माओवादी, एमाले, जनता समाजवादी पार्टी र सुरक्षा निकायबीच छलफल भएको थियो । निर्वाचन अधिकृतसहितको छलफलमा शनिबार सम्बन्धित मतदान अधिकृतलाई कमजोरीको विषयमा सोधपुछ गर्ने समझदारी भएको नेता तामाङले बताए । निर्वाचन अधिकृत थापाले भने, 'मतदान अधिकृत थिङले गल्ती गरिसके, त्यस विषयमा भोलि कुराकानी गर्ने समझदारी बनेको छ ।' उनका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments