Incident Reports

देउमाई नगरपालिकाको मतगणना स्थलमा गोली चल्याे, मतगणना स्थगित

2022-05-14

Province 1, Ilam, Deumai

इलाम । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित विरोध गर्न थालेपछि मतगणना रोकिएको थियो । उनीहरुले निर्वाचन अधिकृत र प्रहरी विरुद्ध नाराबाजी गरिरहेपछि मतगणनास्थल अशान्त बनेको थियो । एक पक्षीय रुपमा मतगणना भएका गठबन्धन दलले आरोप लगाएका छन् ।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिनुभयो । मतगणना स्थल अगाडि धाँदली भएको भन्दै एक व्यक्ति अन्सनमा बस्नुभएको छ । निर्वाचन अधिकृत हरीबहादुर दाहालले भिड शान्त भएपछि दलहरुसँग छलफल गरिने जानकारी दिनुभयो । देउमाईमा मेयरका उम्मेदवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments