Incident Reports

महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप

2022-05-14

Madhes, Mahottari, Sonama

महोत्तरी — महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ । गणनामा कुरा नमिलेपछि झडप भएपछि मतगणना रोकिएको छ । गाउँपालिकाको सभाहलमा मतगणना थालेको केही समयमै झडप भएको निर्वाचन कार्यालय सोनामाले जनाएको छ । जम्मा ६ वटा मात्रै मत गणना भएको थियो । मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए । मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो । अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments