Incident Reports

सर्लाहीको कोडेनामा फेरि झडप, ५ राउन्ड हवाइफायर

2022-05-14

Madhes, Sarlahi, Kaudena, Ward 4

सर्लाहीको कोडेना गाउँपालिकामा दलहरूबीच झडप भएको छ। पुनः मतदान गर्न माग गरिरहेका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र) र मतगणना गर्न माग गरिरहेका नेपाली कांग्रेसका नेता-कार्यकर्ताबीच कोडेना बजारमा झडप भएको हो। त्यसै क्रममा कांग्रेस समर्थकले कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय सवार गाडीमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले ५ राउन्ड हवाइफायर गरी झडप नियन्त्रणमा लिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। कौडेना गाउँपालिका-४ स्थित मोतिपुरमा पुनः मतदान गर्नुपर्ने जसपा, लोसपा र माओवादीले माग गरिरहेको छ भने कांग्रेसले मतदान गणना गर्न माग गरिरहेको हो। कोडेनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालका अनुसार मतदानमा धाँधली भएको भन्दै जसपा नेताले पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज निवेदन समेत दिएको छ। निवेदन निर्वाचन आयोगको कार्यालयलाई पठाइसकेको तर निर्णय आउन बाँकी रहेको उनले बताए। कोडेनामा मतदानको क्रममा शुक्रबार पनि दलका नेता-कार्यकर्ताबीच झडप भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Lokatantrik Samajwadi Party (LoSaPa) , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments