Incident Reports

मुगुमा एमाले र गठबन्धनबीच झडप,एक घाइते

2022-05-14

Karnali, Mugu, Khatyad, Ward 7

मुगु : खत्याड गाउँपालिका—७ राउतडी बजारमा गठबन्धन र एमालेबीच झडप हुँदा एकजना घाइते भएका छन्। झडपमा माओवादी केन्द्रको सचिवालय सदस्य कालीबहादुर रावल घाइते भएका हुन् । खत्याड गाउँपालिका—७ मतगणना स्थल राउतडी बजारमा शनिबार दिउँसो कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच झडप हुँदा माओवादी सचिवालय सदस्य ४० वर्षीय कालीबहादुर रावल (प्रसिद्ध) घाइते भएका हुन्। रावलको टाउकोमा चोट लागेको खत्याड गाउँपालिका—८ बिष्णु रावतले जानकारी दिए। घाइते भएका रावललाई उपचारका लागि रातापानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लिएको भन्ने जानकारी आफूलाई आएको भएपनि आधिकारीका जानकारी नआएको जिल्ला प्रहरी कार्यलयका डीएसपी सुभाष हमालले बताए। निर्वाचनका दिन वैशाख ३० गते खत्याड गाउँपालिका—४ का एमाले कार्यकतालाई कालीबहादुर रावललगायतको टोलीले कुटपिट गरेको निहुँमा दिउँसो २ बजेतिर दुई पक्षबीच झडप भएको बताइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments