Incident Reports

हुम्लामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, तीन जना घाइते

2022-05-14

Karnali, Humla, Kharpunath

हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् । ६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए  हुम्लाका विभिन्न स्थानमा झडप भएको छ । सर्केगाड गाउँपालिका दुल्लुमा समेत झडप हुँदा घाइते भएकाहरूलाई अहिले हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments