Incident Reports

निर्वाचन अधिकृत नेपाललाई बिर्तामोडमा दुव्र्यवहार, गाडीमा तोडफोड

2022-05-14

Province 1, Jhapa, Birtamod, Ward 3

झापा, जिल्ला निर्वाचन कार्यालयको गाडीमा नमूना मतपत्र भेटिएपछि जिल्ला निर्वाचन कार्यालयको गाडीमाथि तोडफोड भएको छ । बिर्तामोड नगरपालिका–३स्थित नगरपालिकाको कार्यालय अगाडि गाडी तोडफोड भएको हो । जिल्ला निर्वाचन अधिकृत तुलसीकुमार नेपाल आफैं सवार गाडीमा नेपाललाई दुव्र्यवहार गर्दै गाडी तोडफोड भएको थियो । निर्वाचन अधिकृत सवार गाडीमा नमूना मतपत्रमा स्वस्तिक छाप प्रयोग नभएको अवस्थामा भेटिएको थियो । सवारीमा तोडफोडको प्रयास भएसँगै सुरक्षाकर्मीले सवारी र निर्वाचन अधिकृतको सुरक्षा दिएका थिए । सबै मत गणना भएको स्थानमा सञ्चारकर्मीका लागि छुट्टै मिडिया डेस्क स्थापना, मतगणना स्थलको संख्या बढाउन र मत गणना के कारणले ढिलाई भइरहेको भन्ने विषयमा बुझ्न आाएका नेपाल माथि दुव्र्यहार भएको हो । बिर्तामोड र मेचीनगरमा मतगणनाको अवस्थाका विषयमा बुझ्न आएको थिए नेपालले भने – गाडीमा नमूना मतपत्र रहेको त्यसैलाई इस्यू बनाएर गाडीमा तोडफोड भयो , म माथि पनि दुव्र्यवहार भएको हो । नेपाल चडेको वा २ झ २८०० नम्वरको गाडी पराजय चौधरीले चलाएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments