Incident Reports

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै विद्यार्थी संगठनको प्रदर्शन

2022-05-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि भएलगत्तै संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा पुगेर अविलम्व खारेज गर्न माग गरेको हो । जनताको जीवन नै धान्न नसक्नेगरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्नुपर्ने मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन, मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोवृद्धि चाहिँदैन, मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments