Incident Reports

मत नदिएको भन्दै राप्रपा वडाध्यक्षका उम्मेदवारद्वारा महिलामाथि निर्घात कुटपीट

2022-05-15

Lumbini, Kapilbastu, Shivaraj, Ward 1

मत नदिएको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका-१ राप्रपाका तर्फबाट वाडध्यक्षको उम्मेदवार बनेका राहुल थारुको समुहले स्थानीय एक महिलााथि निर्घात कुटपीट गरेका छन्। निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिबार राति नौ बजेतिर वडा नम्बर १, सोनपुर बस्ने महाबीर थारुकी श्रीमती ३५ वर्षीय आशा थारुलाई कपाल लुछी निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ। कुटपीट भएकी महिलाको टाउको र मुखमा गम्भीर चोट लागेको छ। प्रहरी उपरीक्षक जेसि शाहले कुटपीट गर्ने पीडक राहुलसहित ६ जनामाथि किटानी जाहेरी परेका बताए। उनीहरुको खाजीकार्य जारी रहेको उनले बताए। घाइते महिलाको बुटवलको सिटी अस्पतालमा उपचार भईरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments