Incident Reports

भीमफेदीमा अन्तरघात गरेको भन्दै गठवन्धनको नवनिर्वाचित वडाध्यक्षमाथि माओवादी कार्यकर्ताद्वारा हातपात

2022-05-15

Bagmati, Makawanpur, Bhimphedi, Ward 7

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ७ मा गठवन्धनको तर्फबाट विजयी भएका वडाध्यक्ष मित्रबन्धु सिंजालीमाथि हातपात भएको छ । मतपरिणाम आएपछि गणना स्थल बाहिर रहेका सिंजालीमाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुको भीडले हातपात गरेका हुन् । नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएर विजय भएपछि सिंजालीलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले एमालेसँग मिलेर अध्यक्षमा आफुहरुलाई ससहयोग नगरेको आरोप लगाएका छन् । झडपको विषयमा जानकारी दिँदै इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक प्रतिमा कार्कीले नवनिर्वाचित वडाध्यक्षमाथि धक्कामुक्की भएको जानकारी पाउनसाथ आफुहरुले प्रहरी कार्यालय परिषरमा ल्याएको बताईन् । उनले भनिन् ‘उहाँहरु अन्र्तघातको विषयलाई लिएर रुष्ट हुनुहुँदो रैछ, वडाध्यक्षमा सहयोग गरेको तर गाउँपालिका अध्यक्षमा असहयोग गरेको भन्ने उहाँहरुको बुझाई रहेको पाईयो ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments