Incident Reports

No translation available.

2014-08-24

Bagmati, Sindhupalchok, Indrawati

Nati Babu Dhital सिपापोखरे गाविस-४ स्थित गैरीगाउको गोरेटो बाटोमा भदौ ८ गते द्वन्द्वमा छाडिएको सकेट बम फेला परेको छ । बाटोमा हिडिरहेको बेला कक्षा १० मा अध्ययनरत स्थानिय विक्रम तामाङले खिया लागेको अवस्थामा सकेट बम देखेपछि हल्ला खल्ला गर्दै प्रहरीलाई खवर गरेका थिए । बमलाई सुरक्षित रुपले विस्फोटन गराउन चौतारास्थित गोरखनाथ गणबाट गएको डिस्पोजल टोलीले निस्कृय गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बोहराले बताए । डिएसपी बोहराका अनुसार बेवारिसे अवस्थामा फेला परेको सकेट बम निकै पुरानो भएकोले खिया लागेको अवस्थामा फेला परेको हुँदा द्वन्द्व कालकै हुनसक्छ । बेवारिसे अवस्थापा फेला परेको सकेट बमको ६ इन्च लम्बाई र ३ इन्च मोर्टाई रहेको घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले बताए । जमिनमुनि गाडिएको बमलाई कुखुराले खोस्रेपछि बाहिर निस्केको स्थानियले बताए । गाँउमा बम फेला परेपछि स्थानिय त्रसित भएको घटनास्थल पुगेको प्रहरीले जनएको छ । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis