Incident Reports

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप, कुटपिटबाट चार जना घाइते

2022-05-16

Province 1, Sankhuwasabha, Madi, Ward 5

मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फुर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । मादी नगरपालिका–५ स्थित मादी नगरपालिकाको मतगणनास्थलमा जेठ २ गते राति खाना खाएर गइरहेको अवस्थामा १२÷१३ जनाको सङ्ख्यामा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मादी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका मेयर पदका उम्मेदवार दावाछत्र शेर्पासहित श्याम, फूर्वा र पासाङलाई प्रहरीले कुटपिट गरेको आरोप पीडित पक्षको छ । खाना खाएर मतगणनास्थलतर्फ गइरहेको अवस्थामा नेकपा एमालेका कार्यकर्ताले कांग्रेस विरोध नारा लगाएपछि सोधपुछ गर्ने क्रममा प्रहरीले कुटपिट गरेको दावाछत्र शेर्पाले बताउनु भयो । दावाछत्रले प्रहरीले घरमा गएर पत्नी र छोरालाई समेत कुटपिट गरेको आरोप लगाउनु भएको छ । प्रहरीको कुटपिटबाट श्याम शेर्पाको टाउकोमा चोट र हात भाँचिएकाले उपचारका लागि जेठ ३ गते काठमाण्डौँ लगिएको छ । अन्य घाइतेको उपचार स्थानीय मेडिकलमा गरिएको नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव डम्वर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटनाको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा सदरमुकाम खाँदबारीबाट मादीतर्फ जानु भएको छ । डिएसपी सुवेदीका अनुसार प्रहरीले उम्मेदवार माथि कुटपिट गरेको भएपनि प्रहरीले मादक पदार्थ सेवन गरी कुटपिट गरेको विषयलाई अस्वीकार गर्नु भएको छ । मादी नगरपालिका–५ का स्थानीयले भने प्रहरीले मादक पदार्थ सेवन गरी कुटपिट गरेको आरोप लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
INSEC

0 Comments