Incident Reports

६ दिनसम्म पनि मतगणना सुरू नभएपछि उदयपुरको त्रियुगामा एमालेले गर्‍यो प्रदर्शन

2022-05-19

Province 1, Udayapur, Triyuga

निर्वाचन सम्पन्न भएको छ दिन बितिसक्दा पनि मतगणना सुरू नभएको भन्दै नेकपा एमालेले उदपयपुरको त्रियुगा नगरपालिकामा प्रदर्शन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटस्थित निर्वाचन कार्यालय अगाडि मतगणना सुरू गर्न माग गर्दै एमालेले प्रदर्शन गरेको हो। गत शुक्रबार त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा मतदान हुँदै गर्दा विवाद उत्पन्न हुँदा मतदान स्थगित गरेको थियो। तर पटकपटक सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसक्दा मतगणना सुरु हुन सकेको छैन। अहिले उक्त विषयलाई लिएर एमाले र कांग्रेसले यथास्थितिमा मतगणना सुरू गर्नुपर्ने धारणा राखेका छन् भने एकीकृत समाजवादी लगायत दलको उक्त वडामा पुनः मतदान हुनुपर्ने अडान रहेको छ। त्रियुगामा गठबन्धनबाट एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल रहेको छ भने कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको छ। कांग्रेसबाट बसन्तकुमार बस्नेत मेयरका उम्मेदवार छन् भने एकीकृत समाजवादीबाट बलदेव चौधरी छन्। बलदेव यसअघि त्रियुगाको मेयरमा निर्वाचित भएका थिए। त्यो बेला उनी एमालेमा थिए। एमालेबाट भने यसपालि भागवत राउत मेयरका उम्मेदवार छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments