Incident Reports

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा चारको निधन l

2014-08-27

सिन्धुपाल्चोक, भाद्र ११ - सिन्धुपाल्चोकको महाङकाल गाविस ६ गोल्डे भन्ने गाउँमा मंगलबार राति पहिरोले एक घर पुरिँदा त्यस घर भित्र रहेका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार माथिबाट आएको ढिस्कोले घर पुरिदा ३३ वर्षीइ दिलबहादुर तामाङ, उनको ७० वर्षीय बुबा मानबहादुर, १३ वर्षीय छोरी एलिसा र ५ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको हो । मृतक दिलबहादुरकी २५ वर्षीय श्रीमती मोती तामाङ घट्नामा घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बेपत्ता मध्ये एकको जीवितै उद्धार पहिरोले घर पुर्दा बेपत्ता मध्य एकको ४ घन्टापछि जीवितै उद्धार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका, १८ पकुवाका हरिलाल चापागाईको घर पहिरोले पुर्दा ४ बेपत्ता भएकामा चापागाईकी श्रीमती पुतलीको जीवितै उद्धार गरिएको हो । उनको पर्वत अस्पतालमा उपचार भैरहेको छ । बुधवार बिहान साढे ६ बजेतिर घरमाथिको भीरबाट पहिरो आएर घर पुर्दा पुतलीसहित तीजमा माईती आएकी छोरी जमुना पौडेल र नातिनीहरु बेपत्ता भएका थिए । अन्यको भने अवस्था अज्ञात छ । एउटा भैसी पनि जीवितै भेटिएको स्थानीयले बताएका छन ।

0 Comments

Related Reports
Related Trend Analysis