Incident Reports

इटहरीमा एमाले नेतामाथि आक्रमण

2022-05-22

Province 1, Sunsari, Itahari

सुनसरी — इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो । एमाले निर्वाचन परिचालन समितिका सह–इन्चार्ज समेत रहेका उनीमाथि इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए । आक्रमणमा संलग्न ती युवाहरुले 'तँलाई कुटेपछि अब द्वारिकलाल चौधरीलाई कुट्ने' भन्दै भागेको सुवेदीको भनाइ छ । आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् । इटहरी उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ । उनीमाथि आक्रमण भएको विरोधमा एमाले कार्यकर्ताले इलाका प्रहरी कार्यलय इटहरी अगाडि प्रदर्शन गर्दै केहीबेर चक्काजाम गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments