Incident Reports

इटहरीमा एमालेका नेतामाथि कुटपिट, बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन

2022-05-22

Province 1, Sunsari, Itahari

इटहरीमा आज बिहान एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन थालेका छन्। नेकपा एकीकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समूहले कुटपिट गरेको सुवेदीले पत्रकार सम्मेलन गरी बताएका छन्। सुवेदीका अनुसार बिहान ७ बजे आक्रमण भएको हो। एमाले नेता हिमाल सुवेदीलाई कुटपिट गरेको बिरोधमा प्रदर्शन गर्दै कार्यकर्ता। सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व-पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। प्रर्दशनका कारण अहिले पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्ध भएको छ। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments