Incident Reports

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

2022-05-23

Madhes, Bara, Mahagadhimai, Ward 2

काठमाडौँ – बाराको महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ।

महागढीमाई नगरपालिका–२ स्थित ईनर्वाटोलमा आइतबार झडप भएको हो।

कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्रप्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।

जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए।

झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 14
National/Online Media

0 Comments