Incident Reports

यौन दुर्‍व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-05-23

Madhes, Dhanusha, Mithila Bihari, Ward 9

पाँच वर्षीय बालकलाई यौन दुर्‍व्यवहार गरेको आरोपमा प्रहरी चौकी तारापट्टीले मिथिला विहारी नपा–९ अन्दुपटटीका २० वर्षीय चन्दनकुमार यादवलाई जेठ ७ गते गिरफ्तार गरेको छ । जेठ ७ गते दिउँसो ४ बजे शौच गर्न गएका बालकलाई यादवले यौन दुर्‍व्यवहार गरेको पीडित बालकले आरोप लगाएका छन् ।  घाइते बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई अनुसन्धान थालिएको डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । प्रहरीले आरोपित यादवलाई गिरफ्तार गर्दा पीडितका बुबामाथि कुटपिट गरेको आरोप छ । मिथिला बिहारी नपा–९ बाट वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवका सहयोगीहरूले घटना गाउँमै मिलापत्र गरिनुपर्ने बताउँदै आफूमाथि कुटपिट गरेको पीडित बालकका बुबाको आरोप छ । वडाध्यक्षका सहयोगी राजकिशोर यादव, पुरण यादव र भजन यादवले आफूमाथि कुटपिट गरेको बालकका बुबाले आरोप लगाएका छन् । वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवले चुनाव अघि नै आफूलाई सघाउन दबाब दिँदै आएको र चुनावमा नसघाए जितेपछि कुनै घटना घटाइदिने धम्की दिएकाले वडाध्यक्षकै मिलोमतोमा चन्दन कुमार यादवले छोरामाथि यौन दुर्‍व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments