Incident Reports

घरनिकाला गर्न खोज्ने पति र सासुविरूद्ध प्रहरीमा उजुरी दर्ता l

2014-08-26

Bagmati, Lalitpur, Lalitpur

ViVek Dhungana महिलालाई घरनिकाला गर्न खोज्ने काठमाडौँ मनपा-२ धोविघाटका २२ वर्षीय पुरन पाइजा मगर र उनकी आमा ५० वर्षीया रूद्रमाया रानामगरविरूद्द महानगरीय प्रहरी परिसर काठमडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा उजुरी दर्ता भएको छ । पति पुरन र सासु रूद्रमायाले दिनहुँ झै कुटपिट गरी घरबाट निकाला गर्न खाजेको र निक्लिएर नगए मार्ने समेतको धम्की दिएको भन्दै १८ वर्षीय निमा राईले न्यायका लागि भदौँ १० गते सो उजुरी दर्ता गराएकी छन् । उजुरीमा महिला हिंसा ऐन २०६६ बमोजिम आरोपित पति र सासुलाई कारबाही गरी शान्तिसुरक्षा तथा भरणपोषणको व्यवस्था गरिदिन पीडितले माग राखेकी छन् । उजुरीसँगै सेवा केन्द्रले महानगरीय प्रहरी वृत्त लैनचोरलाई आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाउन पत्राचार गरेको सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । पीडित निमाको पुरनसँग ०६९ सालमा प्रेम विवाह भएको थियो । पतिले विवाह भएदेखि नै लगातार रूपमा कुटपिट गरी यातना दिएको र अनावश्यक रूपमा चात्रिरिक लान्छना लगाउँदै अपशव्द प्रयोग गरी गाली बेइज्जती गर्ने गरेको पीडितले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis