Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2022-05-14

Karnali, Humla, Kharpunath, Ward 5

खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको आरोपमा गिरफ्तार हुनेमा सोही ठाउँका २४ वर्षीय पिथिन्द्र शाही, २२ वर्षीय बबर शाही, २६ वर्षीय मोहनजङ्ग शाही, २४ वर्षीय कालिबहादुर शाही, २८ वर्षीय जयन्द्र शाही (क), २२ वर्षीय जयन्द्र शाही (ख), २७ वर्षीय जयराज शाही, २४ वर्षीय अबिसर शाही र ३० वर्षीय बलबहादुर शाही रहेका छन् । मृतकका छोरा राजेन्द्र शाहीले जेठ ३ गते ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भएको छ । डीएसपी ओझाका अनुसार आरोपितहरू फरार भएका कारण खोजतलास गर्न केही ढिलाइ भएपनि सबैलाई गिरफ्तार गर्न सफल भएको बताउनु भयो । खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा वैशाख ३१ गते घाइते भएका शाहीको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको डीएसपी ओझाले जानकारी दिनु भएको छ ।

मतगणना स्थलबाहिर बसिरहेका शाही वैशाख ३१ गते आरोपित पक्षले ढुङ्गा प्रहार गर्दा मृतक शाही लगायत सोही ठाउँका ३५ वर्षीय मन्दिरसिंह ऐडी र १८ वर्षीय नविन ऐडी घाइते भएको मृतकका छोरा सागर शाहीले आरोप लगाउनु भएको हो । टाउकोमा गम्भिर चोट लागेका घाइते तीनै जनालाई जिल्ला अस्पताल हुम्लामा वैशाख ३१ गते उपचारका लागि ल्याइएको थियो । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि बुबालाई जेठ १ गते जिल्ला बाहिर रिफर गरिएको सागरले जानकारी दिनु भएको छ । घटनाको घोर भत्र्सनागर्दै नेकपा एमाले हुम्ला जिल्ला कमिटिले जेठ ५ गते प्रेस विज्ञप्ति प्रकाशन गरेको थियो । हुम्ला जिल्ला उपाध्यक्ष डबल रावत र सचिव तिर्थराज बोहराद्वारा प्रकाशित विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिमको कारबाहीको माग गरिएको छ । घटनामा संलग्न व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको डीएसपी ओझाले जानकारी दिनु भयो । घाइते नविनको जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको छ भने मन्दिरसिंह नेपालगञ्ज मेडिकल कलेज बाँकेबाट जेठ ७ गते डिस्चार्ज भएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 2
INSEC

0 Comments