Incident Reports

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

2022-05-24

Bagmati, Kathmandu, Kathmandu, Ward 7

१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए । आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ । ‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’ एसएसपी गिरीले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments