Incident Reports

माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई पक्राउ

2022-05-24

Karnali, Salyan, Darma, Ward 2

सल्यान : स्थानीय निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भर्खर सम्पन्न स्थानीय चुनावमा नेपाली कांग्रेसलाई भोट नहाली माओवादीलाई हालेको भन्दै छिमेकीले दार्मा गाउँपालिका २ सिलिङ्गेका तिलक वलीलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दार्मा गाउँपालिका २ का २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकायलाई प्रक्राउ गरेको छ। कुटपिटमा संलग्न निश्चल वली र चीनबहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। फरार दुवै अभियुक्तको खोजी भइरहेको र पक्राउ परेका दुईजनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। स्थानीय निर्वाचनमा दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्षसम्म माओवादीले जितेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments