Incident Reports

बालिका बलात्कार आरोपित गिरफ्तार l

2014-08-26

San Bahadur Thapa १५ वर्षीया एक बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा पोखरा उमनपा-३ तेर्सापट्टीका १९ वर्षीय राहुल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयले भदौ ११ गते गिरफ्तार गरेको छ । आरोपित श्रेष्ठले बालिकालाई भदौ ९ गते फकाईफुलाई अपहरण गरी पर्वत जिल्लाको बेनी भन्ने स्थानमा लगेर सोही दिन बलात्कार गरी बेपत्ता बनाएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा भदौ १० गते उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपित श्रेष्ठलाई प्रहरीले भदौ ११ गते गिरफ्तार गरी अपहरण तथा शरीरबन्धक र जबरजस्तीकरणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धान शाखाका इन्स्पेक्टर गौतम मिश्रले पीडितको अवस्था अझै खुल्न नसकेको घटनाको अनुसन्धान भइरहेको बताए । सनबहादुर थापा

0 Comments