Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2022-05-24

Madhes, Saptari, Tilathi Koiladi, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २१ वर्षीय शिवनारायण मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइफकाई डरधाक देखाई नियन्त्रणमा लिएर वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म घरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा जेठ ७ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी जेठ ९ गते उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments