Incident Reports

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन

2022-05-25

Bagmati, Chitawan, Bharatpur

मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन् । ‘तत्काल मूल्य वृद्धि फिर्ता गर, जनतालाई राहत दे’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए । अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरे । उनले उक्त निर्णय फिर्ता नलिए लगातार प्रदर्शन जारी राख्ने बताए । उनीहरुको प्रदर्शनले केहीबेर भरतपुरको यातायात आवातजावत प्रभावित बनेको थियो ।विरोध कार्यक्रममा युवा नेता अस्विन घिमिरे, अमित गुप्ता, युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारी, विद्यार्थी नेता हरि आचार्यलगायतले नारा लगाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments