Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-21

Lumbini, Rupandehi, Butwal, Ward 11

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९  वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो । बालिकालाई आरोपितले खाजा खुवाउने र साइकलमा घुमाउछु भन्दै तिनाउ खोलामा  लगेर बलात्कार गरेरको  र कसैलाई नभन्न धम्की दिएको पीडितले बताउनु भयो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments