Incident Reports

धरानमा एक पुरुषको हत्या

2022-05-26

Province 1, Sunsari, Dharan, Ward 5

सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ । शरीरभरि गहिरो चोट्पटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो । हत्या गरिएका पुरुषको पहिचान हालसम्म खुलेको छैन् । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ । मृतकको शव पोस्ट्मार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports