Incident Reports

बलात्कार प्रयास गर्नेलाई साढे दुई वर्षकैद

2014-08-28

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling ३५ वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा चलाइएका दिक्तेल नगरपालिका-३ निवासी जिल्ला प्रशासन कार्यालयका खरिदार ४५ वर्षीय कर्ण आचार्यलाई जिल्ला अदालतले भदौ १२ गते साढे दुई वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीशर् इश्वरीप्रसाद गौतमको एकल इजलासले आरोपितलाई आगामी दिनमा कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी कैद सजाय सुनाइएको जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताए । गाउँबाट नागरिकता बनाउन सदरमुकाम आएकी महिलालाई विभिन्न प्रलोभन देखाएर आरोपितले जेठ ५ गते स्थानीय लाक्पा होटलमा लगि बलात्कारको प्रयास गरेको भन्दै पीडितले सोही दिन प्रशासनमा दिएको उजुरीको आधारमा आरोपितलाई तत्कालै प्रहरीले गिरफ्तार गरेको थियो । अदालतले आरोपितलाई ०७१ असार १ गते २५ हजार धरौटी लिएर तारेखमा रिहा गरेको थियो । आचार्यको बारेमा कागजात मिलाउने काम भइरहेको र सकिएपछि प्रहरीमार्फत कारागार पठाइने जिल्ला अदालतका श्रेष्तेदार भट्टर्राईले बताए । घटनापश्चात् पीडित महिला र आरोपित दुवै जनाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा जेठ ५ गते स्वास्थ्य परीक्षण भएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis