Incident Reports

मूल्यवृद्धि विरुद्ध जनमत र सुशासन पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन

2022-05-27

Madhes, Rautahat, Katahariya, Ward 5

सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् ।

हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कटहरिया ५ को कार्यालय अगाडिबाट सुरुमै बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको थियो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation , Janamat Party
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments