Incident Reports

महाराजगन्ज क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, दुई जना घाइते- उपत्यका

2022-05-27

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । आफूहरूमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

घाइते कुँवरको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । खड्काको टाउकोमा सामान्य चोट लागेको छ । कुँवरको पाखुरामा धारिलो वस्तुले प्रहार गरेको गहिरो चोट देखिन्छ ।

आफूमाथि आक्रमण भएपछि कुँवरले काठमाडौं प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका छन् । उनले एमबीबीएस अध्ययनरत सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । राति मादक पदार्थ सेवन गरेर छात्रबासमा आएका व्यक्तिहरुले सिसालगायत धारिलो वस्तुले प्रहार गरेको खड्काको आरोप छ । घाइते खड्काले घटनाबारे क्याम्पस प्रशासनलाई जानकारी गराउँदा प्रहरीमा जान भनेको तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरे ।

महाराजगन्ज वृत्तका डिएसपी प्रमेश विष्टले भने पीडितको उजुरीको आधारमा घटना अनुसन्धान भइरहेको जानकारी दिए । आक्रमणबाट चोट लागेका व्यक्तिको घाउ जाँच गर्न पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘घटनाको अनुसन्धानपछि कुन कसुरमा मुद्दा चलाउने स्पष्ट हुन्छ, अहिले घाइते भएका व्यक्तिको घाउ जाँच गरिएको छ,’ उनले भने ।

अर्को समूहले पनि आफूहरुमाथि आक्रमण भएको बताएको तर यसबारे प्रहरीमा उजुरी भने नआएको डीएसपी विष्टले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports