Incident Reports

जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2022-05-27

Lumbini, Palpa, Purbakhola, Ward 3

पाल्पा, जेठ १५ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबर्जस्ती करणी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–३, का ३१ वर्षका श्यामबहादुर दर्जी छन् ।

घरमा कोही नभएको मौका छोपेर स्थानीय २५ वर्षकी महिलालाई जबर्जस्ती गरेको भन्दै दर्जीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

गएको शुक्रबार राति १० बजे घरमा कोही नभएको अवस्थामा दर्जी महिलाको घरमा पुगेर जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीका आधारमा निज दर्जीलाई पक्राउ गरिएको थापाले बताउनुभयो । दर्जीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments