Incident Reports

मोरङको कटहरीमा तीन जना युवाले गरे पुरुषको हत्या

2022-05-28

Province 1, Morang, Katahari, Ward 1

विराटनगर : तीन जना युवा मिलेर मोरङको कटहरी गाउँपालिका–२ घर भएका एक जना पुरुषको हत्या गरेका छन्।

हत्या गरेर फ्यालेको अवस्थामा ५० वर्षीय तुलसी श्रेष्ठको शव आइतबार बिहान कटहरी–१ महेशपुरस्थित सडक छेउको नालीनजिकै खेतको डिलमा भेटिएको हो।

शनिबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा निधार र तालुमा चोट लागेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कटहरी–१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी–३ का २८ वर्षीय नितेश चौधरी मिलेर तुलसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थल वरपर रगत लटपतिएको थियो। शव भेटिएको स्थानमा मडारिएका डोबहरु छन्। हत्यामा संलग्न तीनै जनालाई पक्राउ गरिएको र उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए।

उनका अनुसार रातको समयमा मादक पदार्थ सेवन (मापसे) गरेर होहल्ला गर्दै हिँडेका तुलसीसँग बाटोमा भेट भएपछि सम्झाईबुझाई गर्ने क्रममा उनीहरुसँग विवाद भएको पाइएको छ। सम्झाउँदा नमानेपछि बाँसको मुंग्रो र ढुंगाले टाउकोमा प्रहार गरेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ।घटनामा प्रयोग गरिएको मुंग्रो प्रहरीले बरामद गरिसकेको छ।

प्रहरीका अनुसार बिहे गरेकी श्रीमतीले छाडेपछि तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएको खुलेको छ। तुलसीका सन्तान छैनन्। शवको विराटनगरस्थित कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports