Incident Reports

कुटाइ खाएर घाइते भएका वडा सभापति भण्डारीलाई सुर्खेत लगियो

2022-05-29

Karnali, Humla, Simkot, Ward 2

सिमकोट – कांग्रेस अदानचुली गाउँपालिका–२ का वडा सभापति रतन भण्डारी कुटपिटबाट घाइते भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ।

गाउँपालिकाको स्वास्थ्य चौकीमा उनको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले जिल्लाबाहिर रिफर गरेका थिए।

आइतबार दिउँसोसम्म स्वास्थ्य चौकीमा उपचार गरिए पनि घाइतेमा कुनै सुधार नआएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मीले रिफर गरेअनुुसार लगिएको हो।

शनिबार बेलुका गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका लोकेन्द्र भण्डारी पक्षले वडा सभापति भण्डारीलाई कुटपिट गरेको थियो। यसअघिका उक्त वडाका सभापति हरिचन्द्र भण्डारीले निर्वाचनमा स्वतन्त्र उम्मेदवार र एमालेलाई सघाएको भन्दै शनिबार बसेको कांग्रेस अदानचुली गाउँपालिका कार्यसमिति बैठकले निजलाई कारवाही गरेर उनको स्थानमा घाइते भण्डारीलाई मनोनयन गरेको थियो।

सोही रिसमा बेलुुका निष्कासित वडा सभापति भण्डारी पक्षले मनोनीत सभापति भण्डारीलाई घाइते हुने गरी कुटपिट गरेको नेपाली कांग्रेस अदानचुलीले जनाएको छ।

घाइतेलाई उपचारका लागि गाडीमा जिल्लाबाहिर पठाएको र घटनामा संलग्नलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रशासनले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments