Incident Reports

महिलामाथि सामूहिक बलात्कारका आरोपित गिरफ्तार l

2014-08-28

Gandaki, Kaski, Rupa

San Bahadur Thapa २१ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा लमजुङ जिल्ला घर भई पोखरा उमनपा-१२ बस्ने १९ वर्षीय नवीन गुरुङलाई भदौ १५ गते गिरफ्तार गरेको छ । महिलालाई भदौ ११ गते राति ८ बजे डेरातर्फ फर्कने क्रममा पोखरा उमनपा-१२ स्थित हिमाली समाज घरमा बसेका आरोपित गुरुङसहित आठजनाले नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर काहुँ गाविस-२ कुसुण्डेस्थित कार्की डाँडामा पुर्‍याई पालैपालो बलात्कार गरेको पीडितले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उजुरीमा उल्लेख छ। गिरफ्तार आरोपित नवीन सहित घटनामा संलग्न पोखरा उमनपा-१३ अन्नपूर्ण टोलका २० वर्षीय बहुदल भन्ने लेखबहादुर गुरुङ र पोखरा उमनपा-१२ का २१ वर्षीय किरण श्रीषलाई जिल्ला प्रहरी कार्यालयले भदौ १३ गते गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले घटनाको संवेदनशीनतालाई ध्यानमा राखेर दुई दिनपछि मात्र घटना र्सार्वजनिक गरेको हो । घटनामा आरोपित पोखरा उमनपा-१२ का २१ वर्षीय जसबहादुर गुरुङ, सोही ठाउँका खुशीभाइ भन्ने २० वर्षीय सन्देश गुरुङ, १९ वर्षीय ओमप्रकाश गुरुङ, पारस भन्ने २२ वर्षीय रोशन गुरुङ, औडाह भन्ने २१ वर्षीय सन्तोष गुरुङ फरार रहेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ । पीडितको भदौ १२ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार भएको थियो । उनी हाल आफन्तको संरक्षणमा रहेकी छिन् । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis